जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंका क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौं महानगरपालिकाले ३० लाख रुपियाँ अनुदान दिने भएको छ ।
चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि महानगरले सो अनुदान दिने भएको हो । सहयोगका लागि चिकित्सालय र महानगरबीच शनिबार सम्झौता भएको छ । सो सम्झौतामा महानगरको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।चिकित्सालयमा २५ शय्या छन् । यो चिकित्सालय बि.सं.२०१३ सालमा मा स्थापना भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


