जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेमा उपचाररत रोल्पा लिवाङ–४ का ५६ वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ति व्यक्तिलाई एक महिनादेखि जन्डिससमेत देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा रेउघा अस्पताल लगिएको थियो । त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । त्यहाँ स्वाब परीक्षण गर्दा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि थप उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

