जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ५ करोड २ लाख नाघेको छ । आइतबार बिहान ११ः२० बजे सम्म विश्वभरीमा ५ करोड २ लाख ६३ हजार ८८५ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ४५४ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड ५५ लाख ४९ हजार ९०६ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ३४ लाख ५७ हजार ६२५ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ९१ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या १ करोड १ लाख ८२ हजार ८१८ पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ४३ हजार २५७ पुगेको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८५ लाख ७ हजार ७५४ जना सङ्क्रमित भएका छन भने १ लाख २६ हजार १६२ जनाको मृत्यु भएको छ ।
त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५६ लाख ५३ हजार ५६१ जना सङ्क्रमित भएका छन भने १ लाख ६२ हजार २८६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

