जनस्वास्थ्य सरोकार, काठमाडौँ । नुवाकोटमा यस वर्ष देउसीभैलो खेल्न नपाइने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठक सो निर्णय गरेको हो ।
कोरोना सङ्क्रमितले अस्पतालहरू भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले अपिल गर्नुभयो ।
जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

