जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणमाबाट रुपन्देहीमा एक जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सीअनमी गोमा गुरुङको सोमबार राती ९ः ५० बजे निधन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
उनलाई उपचारका लागि गत कात्तिक १७ गते अस्पताल ल्याइएको र कात्तिक १८ गते कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले बताउनुभयो ।
'अस्पताल आउँदा खेरी नै स्वास्थ्यवस्था गम्भीर थियो', उहाँले भन्नुभयो'-'हामीले २२ गते देखि रेम्डेसिभिर र प्लाज्मा थेरापी पनि चलायौँ तर सुधार हुन सकेन ।' कोरोना संक्रमणबाट जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

