जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ। कोभिड-१९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको एक प्रारम्भिक विश्लेषणले देखाएको छ।
फाइजर र बायोएनटेक दुइ कम्पनी मिलेर यो खोप तयार पारेका हुन । ६ मुलुकका ४३ हजार ५ सय मानिसमा यो खोपको परीक्षण गर्दा कुनै समस्या नआएको बताइएको छ ।
तीन साताको अन्तरमा दुई पटक खोप लगाइएको अनुसन्धान रिपोर्टमा उल्लेख छ। यसको परीक्षण अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको थियो। दोस्रो खोप लिएको ७ दिनपछि ९० प्रतिशत मानिसलाई कोभिड-१९ बाट यसले सुरक्षित राखेको देखियो। यसको अझै पूर्ण रिपोर्ट आइसकेको छैन। त्यो पूरै आउँदा तथ्याङ्कमा केही फेर बदल हुनसक्ने बताइएको छ।
फाइजर र बायोएनटेकको खोपमा प्रयोगात्मक प्रक्रिया अपनाएर मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि संलग्न छ।
फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड खोप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा खोप आपूर्ति गर्न सक्ने बताएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

