खासगरी ३० वर्षको उमेरपछि महिलाको शरीरमा धेरै क्याल्शियमको आवश्यकता पर्छ । तर कतिपयले यसप्रति ख्याल गर्दैनन् । खानपानमा ध्यान नदिँदा शरीरमा आवश्यक पर्ने क्याल्सियम प्राप्त हुन सक्दैन । यसबाट हड्डी सम्बन्धी विभिन्न समस्या हुनसक्ने सम्भावना रहन्छ ।
बिहान उठ्नेबित्तिकै सिधै भान्सामा गएर चिया, खाना बनाउने, बच्चालाई टिफिन तयार गर्ने, सरसफाइ जस्ता घरायसी कामले धेरै महिलाहरुले आफ्नो स्वास्थ्यप्रति ध्यान दिँदैनन् । प्रायः धेरै कामकाजी महिलाहरुको यस्तै दिनचर्या हुन्छ । खानपानमा खासै ध्यान दिदैनन् । बढ्दो उमेरको असरबाट हड्डी जोगाउन र बलियो हड्डीका लागि क्याल्सियम प्राप्त हुने खाद्यान्नको महत्वपूर्ण भूमिका रहन्छ
क्याल्सियमको कमीको लक्षण
तपाईंको शरीरमा निम्न लक्षण देखिएमा क्याल्सियमको कमी भएको पनि हुनसक्छ ।
मांसपेशी दुख्ने
शरीरमा क्याल्सियमको कमीका कारण राती सुतेको समयमा गोडाको मांसपेशी दुख्नसक्छ । यस्तो अवस्थामा सम्बन्धित डाक्टरको सल्लाहमा जाँच गर्नुपर्छ ।
सुख्खा छाला
जाडो मौसममा छाला सुख्खा हुने साधारण समस्या हो । त्यसपछि पनि छाला सुख्खा हुने समस्या नरोकिएमा शरीरमा क्याल्सियमको कमी भएको शंका गर्नुपर्छ ।
नङ भाँचिने
बलियो नङ देख्दा पनि सुन्दर लाग्छ । यसले शरीरमा पर्याप्त क्याल्सियम छ भन्ने संकेत दिन्छ । तर क्याल्सियमको कमी भएमा नङ आफैँ भाँचिन शुरु हुन थाल्छ ।
पहेँलो दाँत
दिनहुँ ब्रस गर्दा पनि आफ्नो दाँतको चमक फिका लागेमा सतर्क रहनुहोला । शरीरमा क्याल्सियमको कमी देखाउने संकेत पहेँलो दाँत पनि एक हो ।
महिनावारी समस्या
महिनावारी हुनभन्दा पहिला धेरै गा¥ह«ो हुन थालेमा शरीरमा क्याल्सियमको आवश्यकता भएको बुझ्नुपर्छ ।
पर्याप्त क्याल्सियम पाइने आहार
घरका सबै जिम्मेदारी निभाउन सबै महिला अघि सर्छन् । तर जब आफ्नो स्वास्थ्यको कुरा आउँदछ यसलाई टारिदिन्छन् । यहाँ तपाईका लागि क्याल्सियम पाइने खानाका बारे जानकारी गराउन खोजिएको छ ।
(क्याल्शियम सप्लीमेन्ट)
यदि पर्याप्त क्याल्शियम पाइने खाना खाँदा पनि शरीरलाई क्याल्शियम पुगेन भने क्याल्शियम सप्लिमेन्ट लिन सक्नुहुन्छ । डाक्टरको सल्लाह बमोजिम क्याल्शियम सप्लिमेन्ट लिन जरुरी हुन्छ ।
दूध
दैनिक नास्तामा दिनहुँ एक गिलास दूध पिउन जरुरी हुन्छ । दूधमा फलफूल मिलाएर खान पनि सकिन्छ ।
दही
दिउँसोको खानामा एक कचौरा दही खान शुरु गर्नुपर्छ । यदि लञ्च खान मन नपरेमा एक कचौरा दहीमा केही फलफूल मिसाएर खान सकिन्छ । यसले दहीको स्वाद पनि बढ्दछ र शरीरलाई क्याल्शिय पनि मिल्दछ ।
चीज
आफूलाई चीज स्लाइस मन परेमा बेलुका स्नेक्सका रुपमा सैन्डवीचमा चीज स्लाइस राखेर खान सकिन्छ । यसले शरीरमा क्याल्शियमको कमी धेरै हद सम्म पूरा गर्छ ।
हरिया सागसब्जी
हरिया सागसब्जीमा क्याल्शियमको मात्रा धेरै पाइन्छ । पालकको साग, मेथीको साग, सोया, रायोको साग, मूलाको साग, बन्दागोभी आदिलाई दैनिक खानामा समावेस गर्नुपर्छ ।
फलफूल
सुन्तला, खजूर, मौसम, कीबी, सुकेको अंजीर जस्ता फलफूलमा क्याल्शियमको मात्रा धेरै पाइन्छ । दिनहुँ नियमित यस्ता फलफूल खाने गर्नाले शरीरमा क्याल्शियमको कमी हुन पाउँदैन ।
हब्र्स र मसला
शरीरमा क्याल्शियमको कमी पूरा गर्न हब्र्स र मसलाको सेवले महत्वपूर्ण भूमिका खेल्छ । तुलसी, पुदीना, ज्वानो, लहसुन, दालचीनी आदिमा धेरै मात्रामा क्याल्शियम तत्व पाइन्छ । तुलसीको चिया, पुदीनाको अचार र तरकारीमा उल्लेखित मसलाको प्रयोग गरेर हामी क्याल्शियमको कमी हटाउन सक्दछौ ।
कुन कुन रोग हुन सक्छ ?
क्याल्शियमको कमीले निम्न रोग हुन सक्दछ ।
-रिकेट्स
- आस्टियोमलेशिया
- आस्टियोपोरोसिस
-कलेजोसँग जोडिएका रोग
- मिर्गौलासँग जोडिएका रोग आदि ।
सनबाथ हो बेस्ट
शरीरमा क्याल्शियमको कमी हुन नदिन र हड्डी बलियो बनाइराख्न सबैभन्दा सजिलो तरिका दिनहुँ घाम ताप्नु नै हो । जाडो मौसममा हड्डी सम्बन्धि रोग बढ्छ । यो मौसममा घाममा दिनहुँ बस्दा फाइदाजनक हुन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


