जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमित निको हुने दर दक्षिण एशियाली देशहरुको तुलनामा कम भएको पाइएको छ । नेपालमा संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुग्दा १ लाख ६० हजार ५७७ जना अर्थात ८० प्रतिशत संक्रमणमुक्त भएका छन ।
दक्षिण एशियाली देशहरुको तुलना गर्दा नेपालको संक्रमण मुक्त हुने दर छैटौँ स्थानमा छ । कोरोना संक्रमण मुक्त हुने दर पाकिस्तानमा सबैभन्दा राम्रो छ ।
सुरुमा संक्रमित र मृत्युदर धेरै भएको पाकिस्तानमा संक्रमण मुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ । त्यसपछि माल्दिभ्समा ९३ प्रतिशत रहेको छ ।कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा धेरै दोस्रो प्रभावित देश भारतमा पनि कोरोना संक्रमित निको हुने दर नेपालको भन्दा धेरै राम्रो छ । त्यहाँ ९२ प्रतिशत संक्रमित निको भइसकेका छन । त्यस्तै भुटानमा पनि संक्रमण हुने दर ९१ प्रतिशतको हाराहरीमा रहेको छ । अफगानिस्तानमा मृत्युदर धेरै भएपनि कोरोना संक्रमण मुक्तहुने दर नेपालको भन्दा राम्रो छ । त्यहाँ हालसम्म ८३.३ प्रतिशत कोरोना संक्रमित निको भइसकेका छन । नेपालपछि संक्रमण मुक्त हुने दर बंङ्ग्लादेश र श्रीलङ्कामा कम छ । बंङ्ग्लादेशमा ७९.९ प्रतिशत छ भने श्रीलङ्कामा सबैभन्दा कम ४७ प्रतिशत कम रहेको छ । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको हुँदा हिउँदमा चिन्ताजनक अवस्था आउनसक्ने विज्ञहरू बताउँछन । जाडोयाम नजिकिँदा सङ्क्रमणमुक्त हुने दर बढाउने चुनौतीपुर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले बताउनुभयो ।
उहाँले भन्नुभयो -'कोरोनाभाइरस बाहेक जाडो बढेसँगै स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको समस्या पनि बढ्छ र वृद्धवृद्धामा समस्या देखिएसँगै मृत्युदर पनि बढ्न सक्छ ।'उहाँले व्यवस्थापकको कमजोरीका कारण नेपालमा सङ्क्रमितहरू अन्य देशमा भन्दा लामो समय उपचारमा बस्ने र त्यसले सङ्क्रमणमुक्त हुने दर कम देखिने बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

