जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडोयाम र अघि पछि पनि तँपाई हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ । तर चिसो लागेको हो कि रुघाखोकी ? कतै कोरोना भाइरसनै त लागेको होइन ? कसरी छुट्याउने त ?
शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियस भन्दा बढि भएमा स्वास्थ्य जाँच गराउनुपर्छ । किनकी ज्वरो कोभिड-१९ को एउटा लक्षण हो । त्यसैले परीक्षणको रिपोर्ट नआएसम्म तपाई घरमा छुट्टै बस्नुहोस् ।
फ्लु हुँदा पनि ज्वरो आउन सक्छ । तर रुघा लाग्दा हत्तपत्त ज्वरो आउँदैन । अन्य लक्षणविना हाच्छियुँ आउँदा रुघा लागेको हुन सक्छ । हाच्छियुँ गर्दा जहिलेपनि नाक छोपेर गर्नुहोस् र टिस्यु फालेर राम्रोसँग साबुनपानीले हात धुनुहोस् ।
रुघाले नाक बन्द हुन वा नाकबाट पानी बग्न सक्छ । स्वाद र गन्ध हराउनु कोभिड-१९ को लक्षण हो । खोकी चाँही यसै भन्न सकिदैँन । कोभिड-१९ का बिरामीहरु धेरै खोक्छन । एक घण्टा भन्दा बढि वा २४ घण्टामा ३ देखि ४ चोटी सम्म सताउन सक्छ ।
यदि धेरै खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने तुरुन्त परीक्षण गराउनुपर्छ । हात धुनु, दुरी कायम गर्नु र मास्क लगाउनुले तँपाईलाई चिसोका रोग र कोभिड-१९ बाट जोगाउँछ भन्ने सँधै सम्झिनुहोस् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

