जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ६ अर्व ८१ करोड रुपियाँ भन्दा बढि बजेट विनियोजन गरेको छ ।
गएको साउन महिना यता स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका ६ अर्व ८१ करोड ५९ लाख ६ हजार रुपियाँ बजेट बिनियोजन गरेको जनाएको छ ।
कहाँ कति खर्च भए ?
कोरोना संक्रमितको प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख रुपियाँ निकासा गरिएको मन्त्रालयको प्रवत्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हाई डेपेन्डेन्सी युनिट स्थापनाका लागि ३ अर्व ८१ करोड ५९ लाख ६ हजार रुपियाँ निकासा गरिएको छ । त्यसैगरी आईसीयू, भेन्टिलेटर र अस्पताल सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० रुपियाँ निकासा गरिएको छ । त्यस्तै संक्रमित व्यवस्थापन, कन्ट्रयाक ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपियाँ निकासा गरिएको मन्त्रलयका प्रवत्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

