जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालीकाले महिला स्वास्थ्य स्वंयमसेवीकालाई तिहार खर्च प्रदान गरेको छ ।
स्वयंसेवीकाको कामको उच्च मूल्याङ्कन गरेर वर्षको एक पटक चाडपर्वमा दिने भनिएको रकम बैंक खाता मार्फत प्रदान गरेको नगप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।
प्रतिव्यक्ति रु दश हजारका दरले ४५ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई कोभिड–१९ महामारीलाई ध्यानमा राखेर बैंक खाता मार्फत उक्त रकम निकासा गरिसकेको नगप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालीकाले आज एक सूचना जारी गर्दै नजिकै आइरहेको दीपावलीमा देउसी भैलो खेल्न र समूहमा जम्मा नहुन र आ–आफ्नो घरमा सङ्क्रमणबाट पूर्णरुपमा सुरक्षित भएर चाडपर्व मनाउन समेत नगरवासीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

