जनस्वास्थ्य सरोकार, काठमाडौँ । हुम्लामा बिहीवार राति चार नयाँ कोरोना संक्रमित भेटिएका छन् । कात्तिक १८ गतेदेखि कोरोना संक्रमण मुक्त भएको हुम्लामा थप चार जना नयाँ संक्रमित फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको सुचना अधिकारी फडेराले बताउनुभयो । उहाँ अनुसार याल्वाङका ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका स्थानीयमा सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।
कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो । कोरोना संक्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो संख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

