मोडर्ना खोपको प्रभावकारिता ९४.५ प्रतिशत भएकाले मात्र होइन, २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने भनिएकाले नेपालजस्ता मुलुक बढी आशावादी भएका छन् ।खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म सुरक्षित राख्न सकिने मोडर्नाको विज्ञप्तिमा उल्लेख गरिएको छ । आउँदो साता अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) सँग मोडर्नाले खोपका लागि आपत्कालीन प्रयोगका लागि अनुमति माग्ने योजना बनाएको छ ।
मोडर्ना खोप अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो खोप २८ दिनको अन्तरालमा दुई मात्रा दिइन्छ ।यसले ‘म्यासेन्जर आरएनए’ को एउटा अणुको ‘सिन्थेटिक’ संस्करण उपयोग गर्छ । यसले कोषिकाहरूलाई ‘ह्याक’ गरेर तिनीहरूलाई प्रभावकारी रूपले खोप बनाउने कारखानामा परिणत गर्छ ।
विभिन्न मिडिया रिपोर्टका अनुसार २०२० को अन्त्यसम्म अमेरिकाका लागि मोडर्ना खोपको २ करोड मात्रा उत्पादन हुनेछ । आगामी वर्षसम्म विश्वमा ५० करोडदेखि १ अर्बसम्मको परिमाणमा खोप बनाउने योजना छ ।यस्तै, सबै कुरा योजनाअनुसार भइरहे बायोएनटेकसँग मिलेर तयार गरिएको फाइजरले तयार गरेको वर्षमा १.३ अर्ब मात्रा उत्पादन गर्ने गरिएको छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का निर्देशक डा. एन्थनी फौसीको अनुमानअनुसार डिसेम्बरको अन्त्यसम्म मोडर्ना र फाइजरको खोप अमेरिकाको उच्च जोखिम समूहका लागि उपलब्ध हुनेछ । एनआईएआईडीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार मोडर्नाको खोप कोभिड–१९ को लक्षण भएका वयस्कहरूमा सुरक्षित र प्रभावकारी देखिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

