जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण कम गर्ने एउटा अचुक उपाय भनेकै संक्रमितहरुको पहिचान गर्नु हो । त्यसकालागि समुदायस्तरमा पिसिआर परीक्षणको दायरा बढाउनुपर्दछ ।
तर नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेता पनि परीक्षणको दायरा भने घटदै गएको छ । सरकारको शुल्क लगाउने निर्णय, घट्दो परीक्षणको दायरा, अहिले फेरी निःशुल्क गर्ने भनेपनि अनेक वाहानाबाजीका कारण संक्रमण झन फैलिएको छ ।
त्यसमाथि आवतजावत खुल्ला हुँदा कन्ट्रयाक ट्रेसिङको काम गर्नै छाडिएको छ । सरकारले भिडभाड रोक्ने देखि समुहगत परिक्षणको दायरा बढाउनुको साटो संक्रमणदर तिव्र भएकै बेला उल्टै परीक्षण घटाएको छ ।मङ्सिर २ गते मंगलबार देशभरका विभिन्न प्रयोगशालामा जम्मा ३ हजार ११२ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । जसमा ५०२ जनालाई संक्रमण देखिएको थियो भने १७ जनाले ज्यान गुमाएका थिए । मङ्सिर १ सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा हालसम्म २ लाख ११ हजार ४७५ जना कोरोना मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्म ३० हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका छन ।
हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २४७ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन ।झण्डै ५० हजार मानिस बसोबास गर्ने काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख पुग्न लागेको छ । हरेक दिन नयाँ संक्रमित मध्ये आधाभन्दा बढि उपत्यकामा थपिने गरेका छन । उपत्यकामा मृतकको संख्या ५ सय नजिक पुगेको छ । भने सक्रिय संक्रमितको संख्या १६ हजार छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

