जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ का लक्षण र चिन्ह भएका व्यक्तिहरुको नि:शुल्क उपचार गर्न आफ्ना सूचिकृत अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
बुधबार मन्त्रालय अन्तरगर्तको स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले पुन: सूचना जारी गर्दै कोरोनाको उपचार गर्न सूचीकृत कोरोना अस्पतालहरुलाई पहिलाको निर्देशन अनुसार नि:शुल्क उपचार आदेश दिएको छ । निर्देशन पालना नगर्ने अस्पतालहरुलाई नियमानुसार कारवाही गर्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
लक्षण चिन्ह भएका संक्रमित व्यक्तिले यदि कोरोना बीमा गराएको भए त्यसैबाट उपचार खर्च कटौती गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यदि कोरोनाको उपचार गर्न सक्नेले उपचार र परीक्षण रकम योगदान गर्न सक्ने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

