जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ । मन्त्रालयका अनुसार ७६७ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट १६ लाख ३३ हजार ५५९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

