जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ ले विश्व आक्रान्त पारीरहेको बेला बोलेभियामा नयाँ भाइरस फेला परेको छ । भाइरसबाट तिन जनाको मृत्यु भएको छ ।
हालसम्म एक सर्वसाधारण नागरीक र दुई स्वास्थ्यकर्मीको मृत्यु भएको भारतिय संचारमाध्यम जी न्यूजले जनाएको छ । बैज्ञानीकहरुले नयाँ भनिएको भाइरसको नाम चपारे भाइरस राखेका छन् । चपारे भाइरसपनि सन् २०१९ मै पत्ता लागेको थियो ।
हालै अमेरिकी सेन्टर फर् डिजिज कन्ट्रोल एण्ड प्रिभेँन्सनले भाइरस पुष्टि गरेको हो । वैज्ञानिकका अनुसार चपारे भाइसर एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ ।
यदि चपारे भाइरसको संक्रमण भए इबोलामा जस्तै रक्तस्राव ज्वरो, हेमोरैजिक फिभर आउन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिनको वार्षिक वैठकमा पनि चपारे भाइरसको रिपोर्ट पेश गरिएको थियो । कोरोना भाइरस जस्तै चपारे भाइरसको पहिलो केश पनि सन् २०१९ मै भेटिएको बताइएको छ ।
पहिलोपटक बोलिभियाको राजधानी ला पाजमा दुई जना संक्रमित भएका थिए । यो भाइरस बोलिभियाको चपारे इलाकामा भेटिएकाले यसको नामाकरण चपारे हुन गएको बताइएको छ । चपारे इलाका राजधानी ला पास देखि ३७० मिल टाढा छ ।अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का संक्रामक रोग विशेषज्ञ केटलिन कोसाबुनका भनाई अनुसार चपारे भाइरस शरीरमा भएको तरल पदार्थ मार्फत पुरै शरीरमा फैलिन सक्दछ । यो भाइरसको संक्रमण मुसाबाट सरेको हुन सक्ने बताइएको छ । संक्रामक रोग विशेषज्ञ केटलिन भन्छन-'श्वासप्रश्वासको माध्यमबाट फैलने भाइरस भन्दा शारीरिक तरल पदार्थबाट फैलने भाइरसलाई केहिहदसम्म नियन्त्रण गर्न सकिन्छ ।' लक्षण -आँखा दुख्ने -ज्वरो आउने -वान्ता हुने -शरीरमा रातो दाग देखिने -पेट दुख्ने यो भाइरसको हालसम्म कुनैपनि औषधि बनेको छैन । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यसबारे धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको वैज्ञानिकहरुले बताएका छन् । सिडिसिका प्याथलोजिष्ट मारिया मोराल्सको भनाई अनुसार सिडिसिले यो भाइरसबारे अध्ययन, अनुसन्धान र जाँच सुरु गरिसकेको छ । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

