जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ७४ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसंगै संक्रमित हुनेको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमीत थपिएका छन ।
मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।कोरोना संक्रमणबाट आज थप ७ जनाले ज्यान गुमाएका छन । योसंगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३०५ पुुुगेको छ । यही अवधिमा २ हजार ३ सय २३ जना संक्रमित ठीक भएका छन्। यससँगै नेपालमा कोभिड १९ ठिक हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। अहिले २४ हजार ९ जना संक्रमित आइसोलेसनमा छन् भने ७ सय ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

