जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड १९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो ।
त्यहाँ उपचारका क्रममा हिजो उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व. मुडभरीको हिजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

