जनस्वास्थ्य सरोकार, काठमाडौँ । केहि दिन यतादेखि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा चिसो बढेको छ । चिसो मौसममा विभिन्न भाइरसहरु सक्रिय हुने गरेको चिकित्सकहरु बताउँछन् ।
यो मौसममा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, स्वास फेर्न कठिन हुने जस्ता समस्या धेरैलाई हुने गरेको छ ।अहिले कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला चिसो मौसममा थप जोखिम निम्त्याउने त होइन भन्ने चिन्ता कतिपयले गर्ने गरेका छन् । तर कोरोना भाइरस चिसो मौसममा थप सक्रिय हुने गरेको प्रमाण भने फेला परेको छैन ।
कोरोना भाइरसका बारेमा अध्ययनहरु भइरहेकाले अहिले नै चिसो मौसममा बढी सक्रिय हुन्छ भनेर यकिन गर्न नसकिने त्रिवि. शिक्षण अस्पतालका आइसियू विशेषज्ञ डा. हेमराज पनेरु बताउनुहुन्छ । तर, अन्य भाइरस भने चिसो मौसममा बढी समयसम्म बाँच्ने सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।हावाका माध्यमबाट सर्ने भाइरस चिसो समयमा बढी सक्रिय हुन्छन । उहाँ भन्नुहुन्छ –‘चिसो मौसममा तापक्रम निकै घट्ने भएकाले यस्ता भाइरस धेरै समयसम्म जिवित रहने र संक्रमण फैलिन सक्ने जोखिम रहन्छ ।' तर कोरोना हावाका माध्यमबाट भन्दा नाक वा मुखबाट निस्किएका छिटाका माध्यमबाट सर्ने गर्दछ । अहिले चिसो मौसम भएकाले कोरोना भाइरसको संक्रमण पनि वृद्धि हुँदै जाने सम्भावना भने रहेको विज्ञहरु बताउँछन । चिसो मौसममा मानिसहरु घरका झ्यालढोका बन्द गरेर बस्ने गर्दछन् । यसरी झ्यालढोका बन्दा गरिँदा हावा गुम्सिएर कोठाभित्रै धेरै समयसम्म रहन सक्छ । यस्तो अवस्थामा कोठामा धेरै जना वस्दा संक्रमण फैलिने जोखिम उच्च हुने डा. पनेरुले बताउनुभयो । यस्तो अवस्थामा पर्याप्त सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । कोरोना भाइरसका बारेमा अध्ययन भइरहेकाले अहिले नै मौसम अनुसार यसको संक्रमण दर घट्छ वा बढ्छ भनेर भन्ने सक्ने अवस्था छैन । त्यही भएर जनस्वास्थ्यका मापदण्डको पालना गर्नुको विकल्प छैन । कोरोनाको महामारी तत्कालै अन्त्य हुने सम्भावना देखिएको छैन । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै अझ बढी सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन । चिकित्सकहरुले भने जस्तै स्वास्थ्य मापदण्डको पालना गर्न सकिए जुनसुकै मौसम भए पनि कोरोनाको संक्रमणबाट बच्न सहयोग पुग्ने छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

