जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङमा स्वास्थ्यचौकी निर्माण भएपछि स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने बाध्यता हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।
लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गर्नुभएको थियो ।
स्वास्थ्यचौकीमा घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा उपलब्ध हुने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । सो एकाइ स्वास्थ्यचौकी सङ्घीय सरकारको विशेष अनुदानबाट निर्माण भएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

