जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङमा स्वास्थ्यचौकी निर्माण भएपछि स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने बाध्यता हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।
लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गर्नुभएको थियो ।
स्वास्थ्यचौकीमा घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा उपलब्ध हुने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । सो एकाइ स्वास्थ्यचौकी सङ्घीय सरकारको विशेष अनुदानबाट निर्माण भएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


