जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार संक्रमित पुष्टि हुनेमा ४१५ महिला र ५४२ पुरुष रहेका छन् । काठमाडौंमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना नयाँ संक्रमित थपिएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप ५३६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९०.३४ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

