जनस्वास्थ्य सरोकार, काठमाडौं । फाइजरले विकास गरेको कोभिडविरुद्ध खोप आगामी महिनाबाट लगाउन शुरु गरिने भएको छ ।खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डा. मोनसेफ स्लावीले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप प्रमाणीकरण हुने वित्तिकै २४ सै घन्टा खोप कार्यक्रम संचालन गरिने छ ।अमेरिकामा हालसम्म १ करोड २५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिका विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा संक्रमणको दर अहिलेसम्मकै उच्च देखिएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र यसको साझेदार बायोएनटेकले कोभिड-१९ खोपको आकस्मिक प्रमाणिकरणका लागि गत शुक्रबार आवेदन दिएका थिए । खोपको दुई डोज लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको पछिल्लो परीक्षणबाट प्रमाणित भएको छ । फाइजरले प्रमाणिकरण भएपछि आगामी डिसेम्बर महिनाको अन्त्यसम्मा ५ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
४

