जनस्वास्थ्य सरोकार, सिरहा । शनिबार राति सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल मृतककाआफन्तले तोडफोड गरेका छन् । मृतक सिरहा सुखीपुर नगरपालिका-९ मोहनपुरकी २७ वर्षीया आरती कुमारी साह हुन् ।
तोडफोडका कारण अस्पतालमा रहेका स्वास्थ्य उपकरण, औषधिलगायत फर्निचरहरु नष्ट भएका छन् भने अस्पतालमा कार्यरत कर्मचारीहरु अस्पताल छोडेर भागेका छन् ।
अस्पतालका संचालक समेत रहेका डा. चन्द्रशेखर यादवले मृतक आरतीको शल्यक्रिया गरेको परिवारजनले बताएको छ । नवजात शिशुको एउटा निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव हालसम्म अस्पतालमै रहेको छ ।
मृतककाआफन्तजनले शल्यक्रियाको क्रममा लापर्वाही भएको भन्दै लापर्वाही गर्नेलाई कारवाही नगरुन्जेल शव नबुझ्ने बताएका छन ।
उनीहरुले अस्पताल विरुद्ध चर्का नारा लगाउँदै चक्काजाम समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय लहानले घटनाको अनुसन्धान भइरहेको जनाउँदै दोषीलाई कार्वाही गरिने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

