जनस्वास्थ्य सरोकार, काठमाडौँ । झण्डै ८ महिना लामो अन्योलता र अनिश्चिततापछि अन्तत कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलोपटक विद्यार्थीहरु मास्क र फेस सिल्ड लगाएर परीक्षामा सामेल भएका छन् ।
कोरोना त्रासकै बीच लामो प्रतीक्षापछि विद्यार्थीहरु परीक्षामा सहभागी हुन पाएका छन् । यस पटकको परीक्षा विगतका वर्षहरुको तुलना धेरै किसिमले फरक छ ।
फेस सिल्ड र मास्क लगाएर परीक्षामा बस्नु पर्दा केही असहज भए पनि शैक्षिक सत्र खेर नजाने भएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।
परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो मापन गर्नुपर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र कक्षा कोठामा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्दै ठीक समयमा परीक्षा शुरु गरिएको विजय मेमोरियल माविका प्रधानाध्यपक तथा केन्द्राध्यक्ष डिल्लीप्रसाद शर्मा ढकालले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीको त्रासले सरकारले गत वर्षको चैतमा लकडाउन शुरु गरेसँगै वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा रोकिएको थियो । एक सय पूर्णाङ्कको परीक्षा दिने विद्यार्थीहरुले यस पटक ४० पूर्णाङ्कको परीक्षा दिनेछन् । बाँकी रहेको ६० पूर्णाङ्कको भने आन्तरिक मूल्याङ्कन गरिनेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

