जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका गरिब र जोखिममा रहेकाहरुलाई कोरोना भाइरस विरुद्ध निर्माणाधीन खोपहरुमा समान पहुँच हुनुपर्ने भन्दै सचेत गराएको छ ।
डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानोमले सफल परीक्षण भएका खोपहरु सबैका लागि समान रुपमा वितरण हुनुपर्ने बताउनुभएको छ ।
जोखिममा रहेका सबैका लागि समान रुपमा खोपको वितरण गर्नका लागि ४ अर्व ३० करोड डलरको वितरण प्रणाली सम्बन्धी कोषको आवश्यकता रहेको उहाँको भनाई छ ।कोरोना विरुद्ध बनेका खोप धनी र पैसाको पहुँच भएकाहरुका लागि मात्र प्रयोग गरिने र गरिबहरुलाई बेवास्ता गरिनु नहुनेमा डब्लुएचओ प्रमुख टेड्रोसले सचेत गराउनुभएको हो । विश्वमा हालसम्म बनेका कोरोना विरुद्धका ४ वटा खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्ये अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रा जिनिकाले निर्माण गरेको खोप सबैभन्दा सस्तो रहेको छ । अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गर्ने अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएका फाइजर बायो एन टेक र मोर्डनाले विकास गरेका खोपभन्दा अस्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप भण्डारण र ओसारपसारमा सहज हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

