जनस्वास्थ्य सरोकार, चितवन । कोभिड-१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा भरतपुर अस्पताललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष पाठकका अनुसार रु १६ लाख ३२ हजार ८५० को आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, छ हजार थान सर्जिकल मास्क, दुई हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा हस्तान्तरण गरिएको छ ।
सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

