जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस पहिचानका लागि आवश्यक मानिएको आरटीपिसीआर परीक्षणमा दुई निजि अस्पताल र दुई प्रयोगशालाले बदमासी नगरेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानविन समितीले ती अस्पताल र प्रयोगशालाले हङकङ उडानमा रहेका व्यक्तिहरुको पिसिआर रीपोर्टमा बदमासी नदेखिएको निष्कर्ष निकालेको हो ।
केही समयअघि हङकङ उडानका क्रममा स्टार हस्पिटल, ह्याम्स हस्पिटल, सेन्टर ल्याव र सुरीया डाइग्नोष्टिक पिसिआर परीक्षण गरिएका केही व्यक्तिहरुको गरिएको आरटी पिसिआर परीक्षण हङकङमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि नेपाल वायुसेवा निगमको उडान स्थगित भएको थियो ।
गत मंसीर ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा.मुकुन्दा शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिती गठन गरेको थियो ।
छानविन समितीले स्वाव संकलन नगरी रिपोर्ट दिएको भन्ने आरोपमा कलेक्सन सिट हेर्दा कलेक्सन गरेको निष्कर्ष निकालेको छ । यस्तै, अनुगमनका क्रममा समितिले नेगेटिभ आएकालाई पोजेटिभ र पोजेटिभ आएकालाई नेगेटिभ रिपोर्ट दिएर रिपोर्ट म्यान्युपुलेट गरिएको भन्ने आरोपमा नमुना रन गरेको र सही रिपोर्ट दिएको छानविनका क्रममा पाएको छ ।समितिले परीक्षणका लागि आएकाहरुको परिचयपत्र लिएर मात्र नमुना संकलन गरी रिपोर्ट उपलब्ध गराउन समेत सुझाव दिएको छ । सरकारले भनेबमोजिम नमुना भण्डारण नगरिएको भन्नेमा भण्डारण नगरिएको पाइएको समितीको सुझाव प्रतिवेदनमा उल्लेख छ । यद्यपी यो विषय विरोधाभाषपूर्ण रहेको छानविन समितीका एक सदस्य बताउँछन् । गत साउन ९ गते स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको आन्तरिम गाइड लाइन फर सार्स कोभ टू पिसिआर ल्याबोरेटोरिज इन नेशनल पब्लिक हेल्थ ल्याबोरेटोरी नेटवर्क नेपालमा पिसीआर परीक्षण गर्दा पोजेटिभ आएका व्यक्तिको नमुना एक महिनासम्म र नेगेटिभ आएका व्यक्तिको नमुना ४८ घण्टा राख्नुपर्ने प्रावधान छ । तर, स्वास्थ्य मन्त्रालयले गत भदौ ३१ मा बसेको बैठकले पोजेटिभ नतिजाको नमुना कम्तिमा तीन महिना र नेगेटेभि आएमा एक महिना राख्नुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयको निर्णय अन्तिम हुने स्वास्थ्य मन्त्रालयका आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख समेत रहनुभएको सहप्रवक्ता डा.समीर कुमार अधिकारीले बताउनुभयो । अस्पताल र प्रयोगशालाहरु भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गाइडलाइन अनुसार नै स्वावको नमुना भण्डारण गर्न चुकेका छैनन् । गत मंसिर ५ गते सो प्रतिवेदन स्वास्थ्य मन्त्रालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख समेत रहनुभएको सहप्रवक्ता डा.समीरकुमार अधिकारीलाई छानविन समितीको टोलीले बुझाएको थियो । सहप्रवक्ता डा. अधिकारीले समितीले ती अस्पताल र प्रयोगशालाहरुको पिसीआर परीक्षण सम्बन्धि देखिएको वास्तविकताको प्रतिवेदन प्राप्त भएको बताउनुभयो ।
यता, ललितपुरको सानेपास्थित स्टार हस्पिटलले आफ्नो प्रयोगशालाबाट आरटिपिसीआर रिपोर्ट गलत नगएको स्पष्ट पारेको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षण रिपोर्टमा उठाइएको शंका हल्ला मात्रै भएको स्पष्ट पारेको हो ।
आरटी पीसीआर रिपोर्ट आफैमा शतप्रतिशत एक्विरेट जाँच नभएको र यसको एक्विरेसी ६७ देखि ७० प्रतिशत हुने विश्वव्यापि मान्यता छ । कुनैपनि व्यक्ति स्वाव दिँदा संक्रमण अवधि वा विन्डो पिरियडमा रहेको बेला नेगेटीभ पनि आउन सक्ने स्टार हस्पिटलका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले बताउनुभयो ।डा. रुपाखेतीले अस्पतालको नाम जोडेर कोरोना परीक्षण नै नगरी नक्कली रिपोर्ट दिएको भन्नु निराधार मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालले एक्टर्नल क्वालिटी एस्सेसमेन्टको निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरेको स्वावमा तीन वटा स्वाव हङकङ जाने व्यक्तिहरुको पनि रहेको थियो । ती स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एक्टर्नल क्वालिटी एसेस्मेन्टमा पनि नेगेटिभ नै आएकोले सो व्यक्तिहरु स्वाव दिएको समयमा नेगेटिभ नै रहेको पुष्टि हुन्छ । ती तीनवटा स्वाव अहिलेपनि अस्पतालको भण्डारणमा सुरक्षित रहेको जानकारी गराउँछौं । ’
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
