जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ।
७६ बर्षीय शाक्यको आज विहान ४ बजे ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
गत २० कात्तिकमा कोरोना संक्रमण देखिएका शाक्यलाई २५ कात्तिकमा ग्लोबल अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार नआएपछि ९ मंसिरमा मेडिसिटी अस्पताल सारिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
ललितपुर कुपण्डोल निवासी शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

