नेपाल सरकारले उपयुक्त तथा पर्याप्त श्रोत साधनको व्यवस्था नगर्नु, व्यवस्थित नीति नियम नल्याउनु र फितलो कार्यान्वयनको कारणले कोभिड–१९ ले नेपालमा महामारीको रुप लिएको छ ।
सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेका कारण संक्रमित बिमारी र उसका आफन्तहरु मर्कामा परिरहेको बेला विभिन्न सावधानी अपनाएर निजी अस्पतालहरु कोभिड बिरामीहरुको सेवामा जुटिरहेका छन् ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार आवश्यक गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेको निजी अस्पताहरुको भनाइ छ । तै पनि उनीहरु विभिन्न भ्रामक टिका टिप्पणी र आलोचनाहरु खेप्न बाद्य छन् ।
विश्व कोभिड–१९ महामारीको चपेटामा छ । करोडौं करोड व्यक्तिहरु कोभिडको त्रासमा बाँच्न वाद्य छन् । यस विषम परिस्थितीमा कत्ति पनि विचलित नभई आफ्नो जिउ ज्यानको परवाह नगरी दिनरात विशुद्ध हृदयले स्वास्थ्यकर्मीहरु सेवारत छन् ।
उनीहरुलाई प्रोत्साहन नगरी अपहेलता र सामाजिक बहिष्कार गर्नाले स्वास्थ्यकर्मीको मनोवल गिर्छ । उनीहरु दुखित भएका हुन्छन् । निजी क्षेत्रका अस्पतालहरु धेरै नै महँगा र उनीहरुले विना कारण महँगो शुल्क असुल्ने गरेका भनाइहरु समाजमा सुनिदै आएको छ ।
साँच्चै नै निजी अस्पतालहरुले बिरामी सँग अवैज्ञानिक तथा आधारहीन महँगो शुल्क असुल्ने गरेका छन् त ? के निजी अस्पतालहरु बिरामी लुट्न बसेका हुन् ? निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले सर्वसाधारण बिरामीलाई लुटिरहेका छन् भने उपचारका लागि किन निजी अस्पताल नै रोजिन्छ ? महँगो थाहा हुँदा हुँदै निजी अस्पतालको स्वास्थ्य सेवा लिन किन जाने ?
यद्यपी निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, बिरामीको हेरचाह तथा उपचार पद्धति गुणस्तरीय र विश्वासयोग्य छन् । निजी अस्पतालहरुले रोग पहिचान र निदानका लागि अत्याधुनिक प्रविधिका मेडिकल उपकरणहरु खरीदमा लगानी गरेका छन् । तसर्थ सरकारी भन्दा निजी क्षेत्रका अस्पताल केही मात्रामा महँगो हुनु स्वभाविक पनि हो ।सरकारी अस्पतालको शुल्क सरह नै ‘निजी अस्पतालहरुले भरपर्दो र गुणस्तरीय उपचार सेवा प्रदान गरुन्’ भन्ने हामी सबैको चाहना हुन्छ । यो चाहना राख्नु गलत होइन । तर सरकारी अस्पतालहरु ‘सरकारद्वारा प्रदान गरिने बजेटमा सञ्चालित हुन्छन्’ भन्ने कुराको पनि ख्याल राख्न जरुरी हुन्छ । निजी अस्पतालले प्रदान गर्दै आइरहेको अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय सेवाको हिसाबकिताव गर्दा निजी अस्पतालहरुले लिएको शुल्क त्यति महँगो होइन । सो शुल्कबाट अस्पतालका चिकित्सक, नर्स, स्टाफ खर्च, बैकको किस्ता सबै खर्च व्यवहोर्नुपर्छ । सरकारी तहबाट निजी अस्पतालहरुलाई कुनै पनि अनुदान उपलब्ध गराइँदैन । यदि अनुदान र विभिन्न कर छुट भएमा अहिलेको भन्दा निकै कम शुल्कमा निजी अस्पतालहरुले पनि सेवा उपलब्ध गराउन सक्छन् ।
सरकारको बिना राहत र सहुलियत निजी अस्पतालहरुमा महँगो भन्नु त्यति जायज हुँदैन । चिकित्सकहरुले शत्प्रतिशत जीवन रक्षा गर्छन् भन्ने हुँदैन । उनीहरुले शत्प्रतिशत जीवन रक्षा गर्ने कोसिस मात्र गर्ने हो ।अहिलेको कोभिडको प्रकोपमा सम्पूर्ण चिकित्सक, नर्स , स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण कर्मचारी जीवनको प्रवाह नगरी बिरामीको उपचारमा खटिरहेका छन् । हामी सवै मिलेर उनीहरूको हौसला बढाउन मद्धत गर्नुपर्छ । उनीहरूको साहसको सम्मान र मूल्यांकन गर्न जान्नुपर्छ । सम्पूर्ण स्वास्थ्यकर्मी को सम्मान गरौं । निजी अस्पताललाई अमानवीय व्यवहार नगरौँ । जीवन रक्षा गर्ने सम्पूर्ण व्यक्तिहरुलाई सधैँ आदार गरौं । (लेखकः हाल ह्याम्स हस्पिटलमा मार्केटिङ एण्ड सोसियल वेलफेरअन्तर्गत कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
बिहीबार, साउन २१, २०८३
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
