जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमा ४३१ नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।
क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्याइएको थियो ।
लुकेर बसेका क्षयरोगी पत्ता लागेकाले बिरामी चाँडै निको हुने र बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बचाउन सकिने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार विरामी पहिचान भए अकालमा हुने मृत्युबाट जोगाउन र अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

