जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ६ करोड १३ लाख नाघेको छ । शुक्रबार अपरान्ह २ः३० बजे सम्म विश्वभरीमा ६ करोड १३ लाख ७४ हजार ३९४ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख ३८ हजार ९५५ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म ४ करोड २४ लाख ४८ हजार १५ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ७४ लाख ८७ हजार ४२४ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ५००० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या १ करोड ३२ लाख ४९ हजार ४४७ पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ६९ हजार ५९७ पुगेको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ९३ लाख ९ हजार ८७१ जना सङ्क्रमित भएका छन भने १ लाख ३५ हजार ७५२ जनाको मृत्यु भएको छ ।
त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ६२ लाख ४ हजार ७८६ जना सङ्क्रमित भएका छन भने १ लाख ७१ हजार ४९७ जनाको मृत्यु भएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३


