
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको भन्दै ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ती निकाल्दै सम्बन्धित सबै कोभिड अस्पताललाई यथासिघ्र जोखिमभत्ता वितरण गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेको विज्ञप्तमा उल्लेख छ ।
सरकारले कोभिड—१९ को उपचार संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश ०७७ अनुसार जोखिममा रहि काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय अनुसार जोखिम भत्ता निकासा गरिएको जनाएको छ ।
कात्तिक महिनाको रकम भुक्तानीको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ


