जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ जना रहेका छन् भने ६१८ जना क्वारेन्टिनमा छन् ।
बितेको २४ घन्टामा थप ५१५ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमण मुत्त हुनेको संख्या २ लाख ११ हजार १८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट आज एकैदिन २९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

