
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस परीक्षण दर केहिदिन यता घटेको छ । जसकारण संक्रमितको संख्या समेत घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभर एक हजार तीन सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।
शनिवार मात्रै नौ हजार तिन सय ६८ जनाको पिसिआर परीक्षण भएको छ । यसअघि विहिवार नौ हजार चार सय ९१ र शुक्रवार १० हजार चार सय ६० जनाको पिसीआर परीक्षण गरीएको थियो । परीक्षणदर घट्दा संक्रमितको संख्या पनि घट्दो देखिएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भइ भेन्टिलेटर र आइसीयुमा उपचाररत संक्रमितको संख्या घट्दै गएको छ । गत मंगलबार चार सय ५० संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेकोमा शनिवार यो संख्या घटेर तिन सय ५० पुगेको छ । यद्यपी होम आइसोलेसनमा बस्नेको संख्या अत्यधिक रहेको छ ।
| कुल संक्रमित | सक्रिय संक्रमित | संक्रमण मुक्त | पीसीआर परीक्षण | क्वारेन्टाइनमा बस्नेको संख्या | मृत्यु |
| २,३०,७२३ | १८,०८३ | २,११,१८६ | १७,१९,८२८ | ६१८ | १,४५४ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २५ जना आइसियु र ५० जना भेन्टिलेटरमा उपचाररत छन् । गण्डकी प्रदेशमा एक सय जना आइसियु र १० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । बागमतीमा ८४ जना संक्रमित आइसियुमा र २४ जना भेन्टिलेटरमा छन् । यस्तै, प्रदेश एकमा ३९ जना आइसियु र १० जना भेन्टिलेटरमा, प्रदेश दुईमा पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा, लुम्बिनीमा ८० जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कर्णाली प्रदेशमा १० जना आइसियुमा र सुदूरपश्चिम प्रदेशमा सात जना आइसियु र एक जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर हाल १२ हजार पाँच सय ४६ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । बागमती प्रदेशमा आठ हजार पाँच सय ६५, प्रदेश एकमा एक हजार ६ सय २९, प्रदेश दुईमा तिन सय ५४, गण्डकीमा एक हजार ३, लुम्बिनीमा ६ सय ५३, कर्णालीमा ८३ र सुदुरपश्चिम प्रदेशमा दुई सय ५९ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।
यस्तै, हालसम्म काठमाडौं उपत्यकामा एक लाख सात हजार सात सय ६९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा एक सय २४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा ८६ हजार आठ सय ५६, ललीतपुरमा १३ हजार ८८, भक्तपुरमा सात हजार एक सय चार जनामा संक्रमण देखिएको छ । शनिवार काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ७८ हजार चार सय ६९, ललितपुरमा १३ हजार ८८ जना र भक्तपुरमा सात हजार एक सय चार जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म देशभर दुई लाख ३० हजार सात सय २३ जनामा संक्रमण देखिएको छ । जसमध्ये दुई लाख ११ हजार एक सय ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर १८ हजार ८३ जना सकृय संक्रमित रहेका छन् । अहिलेसम्म आरटिपिसीआर प्रविधिबाट १७ लाख १९ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरीएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये एक हजार चार सय ५४ जनाको मृत्यु भएको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
