
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायत सरकारले हालै कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी मोर्डनाले निर्माण गरिरहेको खोप थप २० लाख डोज खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यो सँगै बेलायतले मोर्डनासँग कुल ७० लाख डोज खोप खरिद गर्ने भएको छ ।
मोर्डनाले निर्माण गरेको खोप सन् २०२१ को शुरुवातमै युरोपेली देशहरुमा उपलब्ध हुने अनुमान छ । मोर्डनाले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।
मोर्डनासँग खरिद गर्ने खोपले बेलायतका झण्डै ३५ लाख मानिसलाई खोप लगाउन पुग्नेछ । बेलायतले विभिन्न ७ वटा कोरोना खोप उत्पादकसँग ३५ करोड ७० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

