जनस्वास्थ्य सरोकार, काठमाडौं । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएन अफ नेपाल (केमसान) ले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा नवनिर्वाचित केमसानका निवर्तमान अध्यक्षसमेत रहनुभएका भक्त हमाललाई बधाई र सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच हमालललाई स्वागत र सफल कार्यकालको शुभकामना आदानप्रदान गरिएको हो ।

हमाल चन्द्र ढकाल समुहबाट वस्तुगततर्फ अत्यधिक मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँले भन्नुभयो—‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा नीतिगत तहमा योजना बनाउन लागि पर्नेछु । स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायलाई मजबुत र जिम्मेवार बनाउन नीति निर्माणमा समन्वय गर्नेछु ।’
हमाल विगत २६ वर्षदेखि मेडिकल सामाग्री आपूर्ति व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ । उहाँ केमसानका निवर्तमान अध्यक्ष हुनुहुन्छ । यस्तै, हमालले नेपाल जर्मन चेम्वर्स अफ कमर्स एण्ड इन्डष्ट्रिज (एन.जि.सि.सि.आई) को कोषाध्यक्ष रहेर काम गरिसक्नुभएको छ ।
हाल उहाँ सर्जिकल व्यवसायसँग सम्बन्धित सुदिप इन्टरनेशनल प्रा.लि.का अध्यक्ष, मेडिका इन्टरप्राइजेज प्रा.लि.का प्रवन्ध निर्देशक, चितवन भ्याली मोडेल हस्पिटल र चितवन एकेडेमी फर टेक्निकल एजुकेसनका निर्देशक हुनुहुन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

