नेभिगेशन

कोभिड-१९ संक्रमणले फोक्सोमा दीर्घकालीन असर देखियो-अध्ययन

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस संक्रमणले फोक्सोमा दीर्घकालिन असर पार्ने एक अध्ययनले देखाएको छ ।


अक्सफोर्ड विश्वविद्यालयमा १० जना संक्रमणमुक्त व्यक्तिहरुमा एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएको थियो ।


एमआरआई स्क्यानका बेला जिनन् नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।


जिनन् विधिमा बिरामीको एमआरआई गर्दा उक्त ग्यासमिश्रित सास तान्न लगाइन्छ । अनुसान्धानका लागि १९ देखि ६९ वर्ष उमेरबीचका १० जना व्यक्तिहरुलाई परीक्षण सामेल गरिएको विश्वविद्यालयका प्राध्यापक फर्गस ग्लीसनले बताउनुभयो ।


तीमध्ये आठ जनाले सङ्क्रमण भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ हुने र थकान महशुस भइरहेको बताएका थिए । जबकि उनीहरू कसैलाई पनि सघन उपचारको वा भेन्टिलेटरको खाँचो परेको थिएन ।


साधारण स्क्यान गर्दा उनीहरूको फोक्सोमा कुनै खराबी पनि भेटिएको थिएन। तर नयाँ विधिबाट जाँच्दा फोक्सोको क्षति देखियो । त्यहाँ रगतमा सजिलै सास नमिसिएको देखिएको थियो ।

यो नतिजापछि अब प्राध्यापक ग्लीसनले १०० जनामा परीक्षण गर्ने योजना बनाएको बताउनुभयो ।
अस्पताल भर्ना नभएका र गम्भीर लक्षण नदेखिएका विभिन्न उमेर समूहका बिरामीहरूको परीक्षण गर्ने उहाँको भनाई छ ।

अस्पताल भर्ना नभएका र गम्भीर लक्षण नदेखिएका विभिन्न उमेर समूहका बिरामीहरूको परीक्षण गर्ने उहाँको भनाई छ ।


‘मेरो मुख्य उद्देश्य फोक्सोको क्षति जाँच्नु र त्यो स्थायी हो वा होइन भनेर हेर्नु थियो ।’ प्राध्यापक ग्लीसन भन्नुभयो –‘फोक्सोमा केही क्षति पुगेको होला भनेर त मैले ठानेको थिएँ । तर यो स्तरमा होला भनेर सोचेको थिइनँ ।’

६० वर्षभन्दा माथिका उमेरका मानिसमा गम्भीर कोभिड १९ र कोभिड १९ बाट हुने मृत्युको सम्भावना बढेको पाइन्छ।

तर यदि यो परीक्षणले विभिन्न उमेर समूहका मानिस अनि अस्पताल जान नपरेका मानिसमा पनि फोक्सोमा क्षति पुगेको देखायो भने त्यसले धेरै कुरा बदलिदिन सक्छ । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट