
जनस्वास्थ्य सरोकार, काठमाडौँ । फाइजर/बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोप प्रयोगका लागि युकेले अनुमति दिएको छ । युके यसरी खोपको बृहत प्रयोगकालागि अनुमति विश्वकै पहिलो देश बनेको छ।
९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गरिने ब्रिटिश नियामक संस्था एमएचआरएले जनाएको छ ।
यूकेले चार करोड डोज किनिसकेको छ । जुन दुई करोड मानिसलाई पर्याप्त हुने छ। तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ।
सबैभन्दा पहिला उच्च जोखिममा रहेका समुहबाट खोप लगाउनु सुरु गरिने एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले बताउनुभयो ।
उहाँका अनुसार खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

