
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ ।
खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायतले ४ करोड डोज खोप खरिद गरिसकेको छ । जुन बेलायतका दुई करोड जनसंख्याका लागि पर्याप्त हुने देखिन्छ ।
बेलायतका उप प्रमुख मेडिकल अधिकृतले पहिलो चरणको खोपले अस्पताल भर्ना हुने संक्रमित र मृत्यु हुने दर ९९ प्रतिशतले कमी आउने बताउनु भएको छ ।
खोपलाई जतिसक्दो छिटो वितरण गरी वृहद रुपमा खोप कार्यक्रम संचालन गर्ने बेलायत सरकारको तयारी छ । पहिलो चरणमा पुगेको खोप स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित, ८० वर्ष नाघेका सबै वृद्धवृद्धा र उनीहरुको स्याहर सुसार गर्नेलाई पहिलो प्राथमिकतामा परेका छन् । एजेन्सी
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
