
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण जोखिमलाई मध्येनजर गर्दै सरकारले एन्टिजेन विधि प्रयोगलाई अघि बढाउने तयारी थालेको छ । कोरोना महामारीको समयमा आरडिटी परी विधिलाई अघि बढाइएको थियो । तर, चर्को आलोचना भएपछि बन्द गरियो।
काठमाडौंको टोल–टोलमा गएर एक हजार पाँच सय जनामा परीक्षण गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
यो विधिबाट देशभर परीक्षण गर्ने सरकारको योजना छ । जसमा १ सय १५ जनामा पोजिटिभ देखिएको थियो ।
तर, एन्टिजेन प्रभाकारी नभएको भन्दै छिमेकी देश चीन, भारतलगायत अन्य देशले पनि बन्द गरेका छन् । सरकारले देशभर नै एन्टिजेन विधिबाट परीक्षण गर्ने भएको छ ।
त्रिवि माइक्रोबायोलोजी विभागका प्रमुख डा. मेघराज बन्जाराले कोरोना पहिचानका लागि एन्टिजेन विधि विश्वमा कतैपनि नभएको बताउनुभयो ।
माइक्रोवायोलोजिष्टहरुले एन्टिजेनले भाइरसको प्रोटिनलाई टेस्ट गर्ने र पीसीआरले भाइरसको आनुवांशिक तत्व आरएनएलाई टेस्ट गर्ने भएकाले पीसीआर बढी सेन्सेटिभ हुने बताउँछन् ।
एन्टिजेनबाट परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना कम रहने भन्दै एन्टिजेनबाट टेस्ट गरिएको व्यक्तिको पीसीआरपनि गरिनुपर्ने विज्ञहरु बताउँछन् । यो विधिबाट परीक्षण गर्दा शतप्रतिशत निश्चित हुन भने नसकिने चिकित्सकहरू बताउँछन ।
तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त हुने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले बताउनुभयो । यसले सीटी भ्यालू ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
