जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ हजार ७४ जनाको पिसिआर परिक्षणमा १ हजार २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । शनिबार थप २ हजार २ सय ६ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोना भाइरसको संक्रमण जित्नेहरुको संख्या २ लाख २४ हजार ५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

