
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रुसमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको छ ।
आज सुरु भएको खोप अभियानको पहिलो चरणमा हजारौं चिकित्सक, शिक्षक र जोखिममा रहेका अन्य पेशाकर्मीहरुले खोप लगाउन नाम दर्ता गराएका छन् । पहिलो दिन आज राजधानी मस्कोमा ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।
रसियाकै गमलेय इन्स्टिच्युटले बनाएको खोपको नाम स्पुतनिक भी नाम राखिएको छ । करीब ४ महिनाअघि गमलेय इन्स्टिच्युटलाई रसिया सरकारले खोप बनाउने अनुमति दिएको थियो ।
बृहत् खोप अभियानको शुरुमा २० लाख जनालाई खोप लगाउने कार्यक्रम छ । १८ वर्षदेखि ६० वर्ष उमेरका नागरिकलाई खोप लगाइँदैछ ।
खोपको २ मात्रा लगाउनु पर्ने र पहिलो खोपको २१ दिनमा दोस्रो खोप लगाउनु पर्ने रुसी अधिकारीहरुले जनाएका छन् । श्वासप्रश्वासका १ महिना यताका बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिला र सिकिस्त बिरामीलाई भने स्पुतनिक भी खोप लगाउन नहुने भनिएको छ ।
रसियामै अन्य २ प्रकारका खोप पनि कोरोनाविरुद्ध तयार भैरहेको जनाइएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

