
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यका अभियानलाई सफल बनाउन खटिएका स्वास्थ्य स्वंयमसेविकाहरु भत्ताको भरमा काम गर्न विवश भएका छन् । सरकारले उचित पारिश्रमिकको व्यवस्था नगर्दा उनीहरु भत्ताको भरमा काम गर्न विवश भएका हुन् । हाल देशभर ५१ हजार चार सय २० महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरू कार्यरत रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
उनीहरुले समुदायस्तरमा सुरक्षित मातृत्व, भिटामीन ए, नवजातशिशु स्वास्थ्य, आमाको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरु, गर्भवती महिला र सुत्केरी पश्चात आइरन चक्की, झाडापखाला लागेका बच्चाहरुलाई जीवनजल तथा जींक चक्की, तथा जुकाको औषधी वितरण लगायत जनचेतना जगाउने कामहरु गर्दै आएका छन् ।
महिला सामुदायिक स्वास्थ्य स्वंंसेविकाहरुले स्वास्थ्य प्रवर्धनमा र स्वास्थ्य सेवाको उपभोग बृद्धि गर्न आ–आफ्नो क्षेत्रमा क्रियाशिल छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत् नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक रोशनी लक्ष्मी तुइतुईले स्वास्थ्यका अभियानमा महिला स्वंयमसेविकाको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरूले घरमा सुत्केरी भएका आमा र शिशुलाई २४ घण्टाभित्र, तेस्रो दिन, र सातौ दिनमा भेट्नुभएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घरमै पोषण सेवा पनि प्रदान गर्नुभएको छ ।’
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


