
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि बजारमा गुणस्तरहिन औषधिहरु विक्री गर्ने गरेको पाइएको छ । दर्ता नभएका औषधिदेखि विक्रीका लागि प्रतिवन्ध गरीएका औषधिहरु बिक्रीका लागि छ्याप्छ्याप्ति राखेको पाइएको हो ।
यसैक्रममा औषधि व्यवस्था विभागको वीरगंज कार्यालयले सरकारले तोकेको मापदण्डविपरित सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ ।
बाराको गढिमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरित सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा, तथा ठाकुर सर्जिकल औषधि पसल बन्द गरि आवश्यक काराही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यलयका निमित्त कार्यलय प्रमुख भाग्यनारायण सिंहले जानकारी दिनुभयो ।
कतिपयले नेपालमा प्रतिबन्धित औषधि राखेर बिक्री गरेको पाइएको, म्याद सकिएका औषधि बिक्रीका लागि राखेको र औषधि व्यवस्था विभागमा पसल दर्तासमेत नभएको अनुगमनका क्रममा फेला परेको सिंहले बताउनुभयो । कारवाही प्रक्रिया पूरा नभएसम्म कारोवार नगर्न आदेश गरिएको बताइएको छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
