
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैंया सहयोग गर्नुभएको छ ।
नेसनल वायोमेडिकल, जनमुक्ति हेल्थका सञ्चालक समेत रहनुभएको बस्नेतले केन्द्रका महाबीर पुनलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
बस्नेतले कोरोना रोकथामको लागी आवश्यक स्वास्थ्य सामाग्री निर्माण तथा वितरणका लागी सो रकम सहयोग गर्नुभएको हो ।
संघका अध्यक्ष बस्नेतले भन्नुभयो,–‘कोरोनालाई मध्येनजर गर्दै स्वास्थ्य सामाग्री उत्पादनमा सहयोग पुगोस् भनेर मैले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको हुँ । कोरोना रोकथाममा यो सहयोगले केहि टेवा पुग्नेछ भन्ने अपेक्षा लिएको छु ।’
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

