
जनस्वास्थ्य सरोकार, काठमाडौं । अहिले दैनिकजसो जुलुस, सभा, गोष्ठी भइरहेका छन् । राजनितिक दलदेखि गैरसरकारी संस्था र अन्य निकायहरुले भौतिक उपस्थितिमै आफ्ना गतिविधि अघि बढाएका छन् ।
यस्तै, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भिडभाँडनै देखिन्छ । शैक्षिक गतिविधिहरु समेत प्रत्यक्ष उपस्थितिमै हुन थालेका छन् । कोरोना जोखिम भने अझै टरेको छैन । हालसम्म देशभर संक्रमितको संख्या दुई लाख ४० हजार नाघेको छ भने मृतकको संख्या झण्डै एक हजार ६ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिमलाई मध्येनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरु जारी गरेपनि अधिकांश निकायबाट सो मापदण्ड उल्लघंन भएको पाइएको छ । आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरेका छैनन् ।
स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो । मापदण्डमा अत्यावश्यकिय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।
यस्तै, घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ । मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने उल्लेख छ ।
यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ ।
धेरै प्रयोग हुने चिजहरू (ढोका, मेसिनका ह्यान्डल, टेबल) डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर रोक्न स्वयं व्यक्ति सचेत र सतर्क हुनुपर्ने बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले जोखिमबाट बच्न स्वयम् व्यक्ति आत्मानुशासीत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्मानुशासन महत्वपूर्ण कुरा हो । जोखिम टरेको भन्दै ख्याल ठट्टा गर्नुहुँदैन । ’
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
