
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ६ हजार पाँच सय जनाको कोरोना परीक्षण भइरहेको छ । दशैँयता कोरोना परीक्षण दर घट्दो क्रममा रहेको छ । कुनै समय एकैदिन झण्डै २० हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । तर, अहिले परीक्षण द्रुत गतिमा हुन सकेको छैन ।
परीक्षणदर किन घट्दो क्रममा छ त ? यस प्रश्नमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको उत्तर सहजै छ- ‘परीक्षण गराउन आउनेहरुको संख्या कम भएकाले हुन सक्छ । ’ विगतमा सरकारले कोरोना परीक्षण निशुल्क गर्दै आएको थियो । तर, अहिले परीक्षणका लागि निकै अफ्ठेरो छ । किर्तिपुर बस्दै आएका २७ वर्षिय रविन बस्नेतले भन्नुभयो।
कोरोना भाइरस संक्रमण भएकामध्ये सक्रिय संक्रमितको संख्या दैनिक घट्दै गएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १२ हजार नौ सय ४८ मात्रै रहेको छ । हालसम्म दुई लाख ४१ हजार नौ सय ९५ जना संक्रमित मध्ये दुई लाख २७ हजार चार सय ३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलब ९८ प्रतिशत रहेको छ ।
पछिल्लो केहि दिनयता कोरोना परीक्षणदर घटेको छ । एक हप्तालाई आधार मान्दा दैनिक सात हजारको हाराहारीमा मात्रै कोरोना परीक्षण भएको देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार ६ हजार दुई सय २० जनाको पिसिआर परीक्षण भएको छ ।
यसअघि आइतवार ६ हजार चार सय ९५ जनाको कोरोना परीक्षण भएको थियो । हालसम्म १७ लाख ९० हजार सात सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर पाँच सय २७ जना क्वारेन्टाईनमा रहेका छन् ।
सोमबार देशभर एक हजार १४ जनामा संक्रमण देखिएको थियो । संक्रमित मध्ये हालसम्म एक हजार ६ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर तीन सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म ५३ जना भेन्टिलेटर र तीन सय ३२ जना संक्रमित आइसियुमा उपचाररत छन् ।
बागमती प्रदेशमा एक सय १३ जना आइसियु र ३० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६८ जना आइसियु र तीन जना भेन्टिलेटरमा, प्रदेश एकमा २९ जना आइसियु र ६ जना भेन्टिलेटर, प्रदेश दुइमा नौ जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै, सुदुरपश्चिम प्रदेशमा सात जना आइसियु र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ आइसियु र नौ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ जना आइसियु उपचाररत रहेका छन् ।
हाल देशभर आठ हजार ६० जना सकृय संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाग्मती प्रदेशमा चार हजार चार सय २४ जना होम आइसोलेसनमा छन् ।
यस्तै प्रदेश एकमा एक हजार एक सय ७७, प्रदेश दुईमा एक सय ९६, लुम्बिनी प्रदेशमा एक हजार एक सय ८९, सुदूरपश्चिम प्रदेशमा ६ सय एक, गण्डकी प्रदेशमा तीन सय ८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेका छन् ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
