
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यूकेमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ । युकेका ९० वर्षीया मार्गारेट कीननले कोरोना बिरुद्धको पहिलो खोप लगाइन् ।
आगामी साता उनी ९१ वर्ष लाग्दैछिन । मार्गारेट कीननले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्।
उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो।
कीननले भनिन्- 'म कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु। मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो। किनभने यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो।'
सो खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ। यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ। सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

