
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो महिनामा विशेषगरी हावा र खानपानको माध्यमबाट रोग सर्ने गर्छ । हावाको माध्यमबाट फ्लुको संक्रमण हुने गर्छ । सरसफाइमा ध्यान नदिँदा अस्वस्थकर खानपानले बालबालिकामा झाडापखाला (कोल्ड डायरिया) को समस्या देखिन सक्छ ।
विशेषगरी रोटा भाइरसले बालबालिकाको आन्द्रामा संक्रमण गराएर झाडापखाला लाग्ने गर्छ । त्यसैगरी वयस्कमा नोरो भाइरसको संक्रमण पाइएको छ । नोरो भाइरसको संक्रमणले वान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने जस्ता समस्या हुने गर्दछ ।
त्यस्तै, जाडो मौसममा बालबालिका र वृद्धवृद्धालाई निमोनियाले पनि बढी सताउने गर्छ । न्युमोकोकल निमोनिया नामक व्याक्टेरियाको संक्रमणले निमोनिया हुन्छ । हाम्रो समुदायस्तरमा सेकेन्डरी ब्याक्टेरियाले निमोनियाको संक्रमण बढी पाइएको छ । यस्ता निमोनियाको असर प्रायः अरु समयमा देखिदैँन । तर जाडोमौसममा यो निकै घातक हुने गर्छ । जाडो मौसममा निमोनियाको संक्रमण कतिपय बृद्धबृद्धाको ज्यान जाने गरेको छ ।
खोप
जाडो मौसमा बालबालिकालाई कोल्ड डायरियाबाट बचाउन रोटा भाइरस विरुद्धको खोप लगाउन सकिन्छ ।
सरकारले गत असार देखिनै रोटा भाइरस विरुद्धको खोप लगाउने अभियान सुुरु गरिसकेको छ । यो खोप ५ वर्ष मुनिका बालबाललिकालाई लगाइन्छ ।
फ्लु विशेषगरी जाडो महिनामा सक्रिय हुने गर्छ । यसबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित हुने गरेका छन् । जाडो महिनामा फ्लुबाट बच्न पनि खोप लगाउन सकिन्छ । त्यस्तै जाडो महिनामा निमोनियाबाट बच्न निमोनिया विरुद्धको खोप पनि लगाउन सकिन्छ । तर नेपालमा निमोनिया विरुद्धको खोपको चर्चा कम भएको पाइन्छ ।
कसरी बच्ने ?
विशेगरी फ्लु र निमोनियाको संक्रमण स्वासप्रश्वासकै मध्यमबाटै हुने गर्छ । बिरामीले खोक्दा हावाको माध्यमबाट सर्ने गर्छ । त्यसकारण कोरोनाबाट बच्ने उपायले पनि फ्लु र निमोनियाबाट बचाउँछ । घरबाहिर निस्किदा मास्क लगाउने, समयसमयमा साबुनपानीले हात धुनुपर्छ । एकतिरले दुई शिकार गर्ने भनेजस्तै हामीले इमान्दारिता पुर्वक जनस्वास्थ्यका मापदण्ड अपनाए यसबाट बच्न सकिन्छ । त्यस्तै सरसफाइ र स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्दछ । ताजा सागसब्जी फलफुल सेवन गुर्नपर्दछ । (डा.पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

